समाचार

चुनावमा काँग्रसलाइ विजयी बनाउन कसैले रोक्न नसक्ने देउवाको दाबी

काठमाडौ, २६ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी हुनबाट कसैले पनि रोक्न नसक्ने दावी गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले नेपाली जनता प्रजातन्त्रको पक्षमा रहेकाले पनि आगामी निर्वाचनमा नेपाली काँग्रेस नै विजयी हुने तर्क समेत गर्नु भयो । उहाँले मुलुकमा राणा र पञ्चायत जस्ता एकदलीय तानाशाही व्यवस्था समाप्त पारेको बताउनुभयो ।

आज बालुवाटारमा तेक्वान्दो खेलाडीलाई पार्टी प्रवेश गराउने क्रममा प्रधानमन्त्री देउवाले काँग्रेसले कम्युनिष्ट तानाशाहलाई आउन नदिन सफल हुने दावी समेत गर्नु भयो ।

कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन नेपाली काँग्रेस विजयी हुनुको विकल्प नरहेको दावी गर्नु भयो ।

वरिष्ठ नेता पौडेलले जनता कम्युनिष्ट अधिनायकवादी शासन व्यवस्थाको पक्षमा नरहेको दावी समेत गर्नु भयो । कार्यक्रममा ३ सय तेक्वान्दो खेलाडीहरु कांग्रेस प्रवेश गरेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट