समाचार

चुनाव कुनै हालतमा पनि रोकिन्न– प्रचण्ड

काठमाडौ, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने स्पष्ट पार्नु भएको छ ।
प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने काममा केन्द्रित हुन पनि मातहतका निकायलाई निर्देशन दिनु भयो । स्थानीय तहको निर्वाचन रोक्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले माग गरिरहेका बेला उहाँले कुनै पनि बहानामा निर्वाचन नरोकिने प्रष्ट्याउनु भएको हो ।
प्रधानमन्त्री दाहालले संविधानले स्थानीय तहको निर्वाचन हुँदै केन्द्रीय तहको निर्वाचन गर्ने व्यवस्था गरेकाले त्यसमा दायाँबायाँ गर्ने अवस्था नरहेको पनि स्मरण गराउनु भयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले परिवर्तनको अनुभूति जनताको तहसम्म पु¥याउन पनि स्थानीय निर्वाचन अपरिहार्य रहेको स्पष्ट पार्नु भयो ।
प्रधानमन्त्री दाहालले नयाँ संविधानले सिंहदरबारका सबै अधिकार स्थानीय तहलाई सुम्पेको पनि स्मरण गराउनु भयो । उहाँले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन पनि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सबै राजनीतिक दलहरु अग्रसर हुनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट