समाचार

चुनाव प्रचारमा वालवालिका प्रयोग नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौ, २२ कार्तिक । निर्वाचन आयोगले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, नगराउन सबै राजनीतिक दलहरुलाई पुनः निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, नगराउन सबै राजनीतिक दलहरुलाई सचेत गराउनु भएको हो ।

निर्वाचनमा बालबालिकाहरुको प्रयोग भईरहेको गुनासो बढ्दै गईरहेका बेला बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा बालबालिकाहरुलाई प्रयोग हुन नदिन आयोग सजग र सचेत रहेको पनि स्पष्ट पार्नु भयो । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दलका शीर्ष नेतृत्वसँग पटक–पटक आग्रह गरिएको पनि स्मरण गराउनु भयो ।

प्रमुख निर्वाचन आयुक्त यादवले जिल्ला जिल्लामा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सरोकारवाला निकायलाई अभियान नै संचालन गर्न पनि आह्वान गर्नु भयो । उहाँले सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरेर निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अभियान नै संचालन गर्ने व्यवस्था गरिएको पनि स्पष्ट पार्नु भयो ।

निर्वाचन आयोगले निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिनेगरी विद्यालय र त्यसका अभिभावकसँग सम्बन्धित संघ संस्थासंग विभिन्न अभियान संचालन गर्न पटक–पटक आग्रह गर्दै आएको छ । निर्वाचन आचारसंहितामा पनि निर्वाचनमा बालबालिकाको प्रयोग गर्न नपाउने उल्लेख छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट