समाचार

चुनाव हुने क्षेत्रसँग जाेडिएका अन्तर्राष्ट्रिय सीमा ४८ घन्टा बन्द

काठमाडौं, २९ बैशाख । आगामी आइतबार हुने पहिलो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । गृह मन्त्रालयले स्थानीय चुनावलाई लक्षित गरी निर्वाचन हुने जिल्लाहरूसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा ४८ घन्टासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। निर्वाचन शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न सीमा बन्द गर्न लागिएको हो।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता बालकृष्ण पन्थीले निर्वाचन हुने जिल्लासँग जोडिएका सबै जिल्लाको सीमा बन्द गर्ने निर्णय गरिएको बताए। भारतसँग सीमा जोडिएको तराईको चितवन, मकवानपुर, चीनसँग सीमा जोडिएका दोलखा, सिन्धुपाल्चोक, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, हुम्ला लगायतका सबै जिल्लाको सीमा बन्द गरिनुका साथै सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनले बिहीबारबाट ‘निर्वाचन सुरक्षा’ मतदानस्थल केन्द्रित पारिएको पनि जानकारी दिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट