समाचार

जकपुरमा राजपाको विरोध जारी, तीन दर्जन नेता पक्राउ

जनकपुर, ४ असार । प्रदेश नम्बर १, ५ र ७ को स्थानीय तह दोस्रो चरणको निर्वाचनको विरोध गर्दै राष्ट्रिय जनता पार्टी, नेपालले जनकपुरमा प्रर्दशन जारी राखेका छन ।

प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको उम्मेदवारी मनोनयनको काम भइरहेका बेला राष्ट्रिय जनता पार्टी, नेपालका कार्यकर्ताले त्यसको विरोधमा जनकपुरमा प्रर्दशन गरेका हुन ।

प्रर्दशनका क्रममा पूर्व राज्यमन्त्री सरिता साह, राष्ट्रिय जनता पार्टी, नेपाल धनुषाका संयोजक परमेश्वर साहसहित तीन दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन । पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।

धरपक्कडका क्रममा घाइते भएका केहीको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले पनि सुरक्षाकर्मी र प्रर्दशनकारीबीचको झडपका कारण जनकपुर तनावग्रस्त बनेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट