समाचार

जर्मनीमा चान्सेलर चयनका लागी संघीय निर्वाचन जारी

जर्मनी, ८ असोज । जर्मनीमा नया चान्सेलर चयनका लागी संघीय निर्वाचन जारी भइरहेको छ ।
जर्मनीकी वर्तमान चान्सेलर एन्जेला मार्केलको ४ बर्षे कार्यकाल सकिनै लाग्दा नया चान्सेलर चयनका लागी संघीय निर्वाचन भइरहेको छ ।
निर्वाचनमा क्रिस्चियन डेमोक्रेटिक पार्टीकी नेतृ तथा वर्तमान चान्सेलर मार्केल, सोसल डोमोक्रेटिक पार्टीको तर्फबाट मार्टिन सुल्ज तथा डा लिङक पार्टीको तर्फबाट सारा वागेननेट प्रतिस्पर्धा गरिरहेका छन् । यो पटकको निर्वाचनमा मार्केलले पुन बहुममत ल्याउन सके चौथो पटक चान्सेलरको पदभार सम्हाल्नेछिन् ।
बहुमतका लागी संसदको तल्लो सदन बुन्डेस्टागमा रहेको जम्मा ५ सय ९९ सिट सङख्यामध्ये कम्तिमा ३ सय सिट सङख्या प्राप्त गनुपर्ने प्राबधान रहेको छ ।
हाल तल्लो सदन बुन्डेस्टागमा चान्सेलर मार्केलको बहुमत सिट सङख्या ३ सय ९ रहेको छ भने उनका निकटतम प्रतिद्धन्द्धी मार्टिन सुल्जको दल सोसल डोमोक्रेटिक पार्टीको १ सय ९३ सिट सङख्या रहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट