समाचार

जहाज खरिदका लागि जमानत बस्ने सरकारको निर्णय

काठमाडौ, ७ बैशाख । सरकारले नेपाल वायु सेवा निगमको दुई वाइड बडी जहाज खरिदका लागि जमानत बस्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले एयरबस खरिदमा जमानत बस्ने निर्णय गरेको हो ।

जहाज खरिदका लागि नेपाल एयरलाइन्स र अमेरिकन लिजिङ कम्पनी कर्पोरेसनबीच खरिद सम्झौता भइसकेको छ ।

मन्त्रिपरिषद बैठकले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमण पनि अनुमोदन गरेको छ । बैठकले सिन्धुलीको दुम्जामा विपी कोइराला तथा रामेछापमा पुष्पलाल श्रेष्ठको नामबाट पार्क निर्माणका लागि ५० ÷५० लाख दिने निर्णय पनि गरेको छ ।

युरोपियन युनियनलाई जग्गा खरिदको अनुमति दिने निर्णय गरेको सरकारले नेपाली सेनाका प्रमुख सेनानी गौरव केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट