समाचार

जाजरकोटको भाइरल नियन्त्रणमा

जाजरकोट, ३ माघ । तीन साता अगाडिदेखि जाजरकोटको जुनीचाँदे गाउँपालिकामा फैलिएको भाइरल ज्वरोको प्रकोप पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  गाउँमा भाईरलका बिरामी स्वास्थ्य संस्था र अस्थायी क्याम्पमा पनि आउन छाडेकोे जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले जानकारी दिनु भयो ।

जुनीचाँदेको भाईरल नियन्त्रमा आएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा नम्रता सिन्दान लगायत टोली प्रकोप क्षेत्रबाट फर्केको छ भने डा.अमीत अज्र्याल लगायत स्वास्थ्यकर्मीको टोली केहि दिन त्यही रहने बताइएको छ । स्वास्थ्यकर्मीले प्रकोप प्रभावित क्षेत्रका घरघरमै पुगेर स्वास्थ्य सरसफाई, पोषण, लगायत सम्बन्धि जनचेतना जगाउनुका साथै बिरामीको उपचार गर्ने बताइएको छ ।

५ बर्ष मुनिका बालबालिका र ५५ बर्षका माथिका बृद्धबद्धाका लागि विशेष निगरानी गर्न घरघरमा पुगेर उपचार गर्न थालेको छ । विरामीको संख्या घटेकोले भाइरल इन्फ्लुएन्जा करीब नियन्त्रणमा आएको हो । तीन साता अघिदेखि जुनीचाँदेमा फैलिएको भाईरलबाट १४ जनाको मृत्यु भएको थियो भने २ हजार स्थानीय प्रभावित भएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट