समाचार

जापानका सम्राट अकिहितोले गद्दि त्याग्ने मिति खुलासा गरे

जापान,४ कात्तिक । को एक अखरबारले सम्राट अकिहितोले गद्दि त्याग्ने मिति खुलासा गरेको छ ।

जापानको असाई सिम्बुन अखबारले खुलासा गरेअनुसार सम्राट अकिहितोले सन् २०१९ को मार्च महिनाको अन्त्यतिर गद्दि त्यग्नेछन् । युवराज नारुहितोले सन् २०१९ को अप्रिल १ मा गद्दिआरोहण गर्न मिल्ने गरी सम्राट अकिहितोले मार्च महिनाको अन्त्यमा गद्दि त्याग्न लागेका हुन् । जापानी सरकारले शाही परिषद्सग परामर्श गरेर चा“डोमा आगामी नोभेम्बरभित्र मितिको टुङ्गो लगाउने जनाइएको छ ।जापानी अधिकारीले भने असाई सिम्बुनको दाबी अस्वीकार गरेका छन् ।

८३ वर्षीय सम्राट अकिहितोले बृद्धअवस्थाका कारण आफ्नो शाही कामकाज गर्न असमर्थ भएका कारण गद्दि त्याग्न लागेका हुन् । अकिहितोले सन् १९९० मा गद्दि सम्हालेका थिए । यसस“गै २ सय वर्षमा जापानी गद्दि त्याग्ने अकिहितो पहिलो सम्राट हुनेछन् । यसअघि सन् १८१७ मा सम्राट कोकाकूले गद्दि त्यागेका थिए ।

६ सय ६० ईसापूर्वबा सुरु भएको जापानको राजवंश संसारकै सबैभन्दा पुरानो हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट