समाचार

जापानको मध्यावधि चुनावको नतिजा, प्रधानमन्त्रीको पार्टीले ल्यायो दुईतिहाई

एजेन्सी, ६ कार्तिक । जापानमा भएको मध्यावधी चुनावमा प्रधानमन्त्री सिन्जो अबेको पार्टीले दुई तिहाई बहुमत ल्याएको छ ।

मध्यावधी चुनावमा कोमोइतो पार्टीसग गठबन्धन गरेको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले जापानी संसद्को तल्लो सदनमा ४ सय ६५ सिटमध्ये ३ सय १३ सिट जितेको हो ।

उत्तर कोरियाबाट उत्पन्न क्षेत्रीय सुरक्षा चुनौतिलाई प्रमुख एजेण्डा बनाएर चुनावी मैदानमा उत्रिएका प्रधानमन्त्री आबेले वर्तमान संकट समाधानका लागि नया जनमत पाएको प्रतिक्रिया दिएका छन् ।

आफूमाथी जापान तथा जापानी जनतालाई सुरक्षित राख्ने थप जिम्मेवारी पाएको आबेको भनाई थियो । आबेले दोश्रो विश्वयुद्धपछि बनेको जापानको शान्तिपूर्ण संविधानलाई संशोधन गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

आबेले यसअघि जापानको प्रतिरक्षा सेनालाई थप संस्थागत गरी मजबुत बनाउनुपर्नेमा जोड दिदै आएका थिए । उत्तर कोरियाले जापानको होक्काइडो टापुको आकाश भएर क्षेप्यास्त्र प्रहार गरेसगै जापानमा उत्तर कोरियाबाट उत्पन्न हुनसक्ने खतरालाई लिएर चिन्ता बढ्न थालेको जनाइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट