समाचार

जापानमा ठोक्किए अमेरिकी र फिलिपिन्सको पानीजहाज

एजेन्सी, ३ असार । जापानी समुद्रमा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गरिएको अमेरिकी नौसैनिक पानीजहाज र फिलिपिन्सको ध्वजावहाक व्यावसायिक मालवहाक पानीजहाज एक आपसमा ठोक्किदा ७ जना बेपत्ता भएका छन् ।

पुर्वी जापानको इजु प्रायद्विप नजिक अमेरिकी नौसैनिक पानीजहाज युएसएस फिजराल्ड र फिलिपिन्सको ध्वजावहाक पानीजहाज ए.सी.एक्स. क्रिस्टल ठोकिएका हुन् ।

दुर्घटनामा नौसैनिक पानीजहाजका कमाण्डर सहित ३ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जापानको योकोसुका तर्पm लगिएको छ । दुर्घटनामा नौसैनिक पानीजहाजमा भारी क्षती पुगेको र पानीजहाजलाई योकोसुका बन्दरगाह तर्पm फर्काइएको जनाइएको छ ।

दुर्घटनापछि खोजी तथा उद्धार कार्य अघि बढाइएको जापानी तटरक्षा बलले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट