समाचार

जिम्बाब्बेका राष्ट्रपति सेनाको नियन्त्रणमा, राजीनामा नदिने अडान

एजेन्सी, ४ मंसीर । जिम्बावेका राष्ट्रपति रोबर्ट मुगावेको राजीनामा माग भइरहंदा मुगावेले पद नत्याग्ने अडान लिएका छन् ।

सेनाले सत्ता नियन्त्रणमा लिइ नजरबन्दी बनाईएका मुगावेले टेलीभिजनबाट सम्बोधन गर्दै पद नत्याग्ने अडान लिएका हुन् । आफ्नै पार्टी सत्तारुढ जिम्बावे नेशनल कङ्ग्रेस पेट्रियोटिक फ्रन्टबाट बर्खास्त गरिएका मुगावेले राष्ट्रपतीय पद नत्याग्ने बताएका हुन् । मुगावेलाइ पद त्याग्न २४ घण्टाको समयावधि दिइएको छ ।

करिब ४ दशकयता मुगावेले एकलौटी शासन चलाएको भन्दै सेनाले शासनशत्ता नियन्त्रणमा लिएपछि आफ्नै पार्टीबाट पनि पद त्याग्न दवाव आएको हो । अन्तराष्ट्रिय निकायहरुबाट सेनाले कु गरेको संज्ञा दिईएपनि सेनाले भने सर्वसत्ताबादी र भ्रष्ट्रचारी बिरुद्धको कारवाही भएको बताउदै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट