समाचार

जिम्बाब्बेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

एजेन्सी, ६ मंसीर । करिब ४ दशक जिम्बावेको राष्ट्रपति रहेका रोबर्ट मुगाबेले राजीनामा दिएका छन् ।

जिम्बावेको संसदमा सभामुख ज्याकोव मुडेनाले मुगाबेको संक्षिप्त राजीनामा पत्र बाचन गरेका थिए ।

संसद्मा महाअभियोग लगाउने प्रस्तावमा छलफल गर्नुअघि नै मुगाबेले राजीनामा दिएका हुन् । यद्यपी हरारेमा सेनाको नजरबन्दमा रहेका मुगाबे संसद् भवनमा भने उपस्थित भएनन् ।

यससगै ९३ वर्षीय बयोबृद्ध राष्ट्रपति मुगाबेको ३७ वर्षको शासन समाप्त भएको छ । मुगाबेको स्थानमा भूतपूर्व उप राष्ट्रपति एमर्सन एमएनग्वाले नया राष्ट्रपतिको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति मुगावेले राजीनामा दिएसगै राजधानी हरारेमा मानिसहरु सडकमा निस्किएर उत्सव मनाएका छन ।

यसअघि सत्तारुढ जिम्बावे अफ्रिकन नेशनल युनियन पेट्रियोटिक फ्रन्ट पार्टीले मुगावेलाई पार्टीबाटै बर्खास्त गरेको थियो । राजनीतिक खिचातानीका कारण सेनाले बल प्रयोग गरेपछि मुगावेले राजीनामा दिन बाध्य भएका हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट