समाचार

जिम्बाब्बेमा उपराष्ट्रपति बने अन्तरिम राष्ट्रपति

काठमाडौ, ७ मंसीर । जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगावेको राजीनामापछि पुर्व उपराष्ट्रपति इमर्सन मनन्गग्वाले अन्तरिम राष्ट्रपतिय कार्यभार सम्हालेका छन् । दुइ साता अघि राष्ट्रपति मुगाबेले बर्खास्त गरेका उप राष्ट्रपति मनन्गग्वाले अन्तरिम राष्ट्रपतिय कार्यभार सम्हालेका हुन् ।

राष्ट्रपति मुगावेले असंवैधानिक रुपमा पुर्व उपराष्ट्रपति मनन्गग्वालाइ बर्खास्त बनाएको आलोचना भइरहदा सेनाले मुगावेलाइ नजरबन्दी बनाएको थियो । सेनाले राष्ट्रपति मुगावेको शाशनशत्ता नियन्त्रणमा लिइ मुगावेले राजीनामा दिएपछि पछिल्लो राजनीतिक परिवर्तन भएको हो ।

अन्तरिम राष्ट्रपति मनन्गग्वाले मुलुकमा आर्थिक उन्नति र स्थायीत्वका लागी कदम चाल्ने प्रतिबद्धता व्याक्त गरेका छन् । करिब ४ दशक लामो मुगावेको एकलौटी शाशन अन्त्य भइ नया प्रजातन्त्रको उदय भएको अन्तरिम राष्ट्रपति मनन्गग्वाले बताएका छन् । अन्तरिम राष्ट्रपति मनन्गग्वाले शुक्रबार शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट