समाचार

झलनाथ खनालको आरोप– सरकारले २ नम्बर प्रदेशमा धाँधली गर्यो

काठमाडौ, ११ असोज । नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले दुई नम्बर प्रदेशको निर्वाचनमा सरकारले धाँधली गरेको आरोप लगाउनुभएको छ ।

नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नम्बर १५ इकाई कमिटीले बुधबार गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दे नेता खनालले दुई नम्बर प्रदेशको निर्वाचनमा एमालेलाई प्रवेशै हुन नदिने ढंगले सरकारले नाङ्गो रुपमा धाँधली गरेको बताउनुभएको हो ।

पहिलो र दोश्रो चरणमा पहिलो पार्टीको रुपमा आफुलाई जनतामाझ स्थापित गराउन सफल भएको एमालेलाई तेश्रो चरण अन्र्तगत दुई नम्बर प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा प्रवेशै हुन नदिने षडयन्त्र सरकारले गरेको दाबी पनि उहाँले गर्नुभयो ।

नेता खनालले आफ्ना उम्मेदबारको घर घरमा बम विष्फोट गराउने, धम्क्याउने लगायतका काम भएपनि एमालेलाई दुई नम्बर क्षेत्रबाट बडार्ने नेपाली कांग्रेसको षडयन्त्रलाई पार्टी संगठनले असफल बनाएको दाबी गर्नुभयो ।

उहाँले सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसले गरेको षडयन्त्र र धाँधलीको बाबजुत पनि एमालेले सिट संख्याको आधारमा पाचौ र मतका आधारमा दोश्रो स्थान हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो ।

नेता खनालले संविधान र आचारसंहिताको उलंघन गर्दै सरकारले जम्बो मन्त्रीमण्डल बनाएको आरोप पनि लगाउनुभयो ।

दशै, तिहार र छठको उपलक्ष्यमा नेकपा एमाले १५ नम्बर वडा कमिटीले बुधबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट