समाचार

झापामा बाढीमा परी ४ जनाको मृत्यु, ३ वेपत्ता, १२ सय विस्थापित

झापा, २९ साउन । चारदिनदेखीको अबिरल बर्षाले झापाको जनजिवन अस्तव्यस्त बनेको छ ।

झापामा अहिले सम्म चार जनाले ज्यान गुमाइसकेका छन् भने, तीन जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।
मुत्यु हुनेमा शिवसताक्षी नगरपालिका १ बस्ने २८ बर्षिय लेखनाथ पाण्डे, कचनकवल गाउपालिका ३ बस्ने २२ बर्षिय रामप्रसाद राजवंशी, झापा गाउपालिका २ बस्ने अन्दाजी ३५ बर्षिय धनमाया घोर्षानी र सोही गाउपालिका २ बस्ने अन्दाजी ३४ बर्षिय कमला दर्लामीको मुत्यु भएको हो ।
मृतक कमलाको श्रीमान टेकबहादुर र छोरी खुशी दर्लामी बेपत्ता भएको प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले जानकारी दिनुभयो । त्यस्तै मृतक धनमायाको छोरी अन्दाजी १५ बर्षिय कमला घोर्षानी पनि वेपत्ता भएको र उनलाई कनकाई नदीले बगाएको हो । वेपत्ता भएका तीनै जनाको खोजी कार्य भइरहेको डिएसपी शर्माले जानकारी दिनुभयो ।

झापामा बाढीले भद्रपुर, शिवसताक्षी, विर्तामोड, गौरीगञ्ज, झापा, बाह्दशी, र कचनकवल क्षेत्रका बासिन्दा बढी प्रभावित बनेका छन् । नेपाल रेडक्रस सोसाइटी झापा विपद व्यवस्थापन शाखाले दिएको जानकारी अनुसार अहिले सम्म ११ सय ६९ घरपरिवार बाढीले विस्थापित भएका छन् ।

 

उनीहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । १२ सय ४९ घरमा डुवानमा परेको छ । ३ घर पूर्ण रुपमा क्षति भएको छ भने, ११ सय ६६ घरमा आशिक क्षति पुगेको जनाएको छ । मेची नदीले झापाको भद्रपुर नगरपालिका ५ स्थित मेचीकिनारमा ६० घर डुबानमा परेको छ ।

भद्रपुर ३ स्थित मेचीपारी र भैसावाडीमा ३ सय बढी घर डुबानमा परेका छन् । कनकाई नदीमा आएको बाढीले झापा गाउपालिका २ का सम्पूर्ण वडा र वडा १, ३ र ६ का १५० घर डुबानमा परेका छन । गौरीगञ्ज १ र २ का ३ सय बढी घर डुबानमा परेका छन् । वाह्दशी १ र २ का दुई सय घर डुबानमा परेका छन् ।

त्यस्तै कचनकवल ४ मा १ सय ६७ घर डुबानमा परेका छन् । झापामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीय जनप्रतिनिधि उद्धार कार्यमा खटिएका छन् । झापा जिल्लामा विगत २ दिनदेखि विद्युत तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

विद्युत र इन्टरनेट सेवा अवरुद्ध भएपछि झापाका सञ्चारमाध्यमसहित आमसर्वसाधारणलाई थप समस्या परेको छ । बाढीका कारण जिल्लामा पूर्व पश्चिम राजमार्गमा सार्वजनिक यातायात कम चलेका छन् भने ग्रामिण सडक अबरुद्ध बनेका छन् । झापामा अधिकाशं विद्यालय तथा कलेजहरु, बजार र उद्योगधन्दाहरु बन्द छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट