समाचार

ट्रम्पको कार्यकारी आदेशविरुद्ध अर्को रिट दायर हुने

एजेन्सी, २८ फागुन । मुसलमान बहुल ६ मुलुकका आप्रवासीलाइ अमेरिका प्रवेशमा कडाइ गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नया नीतिमा फेरी कानूनी व्यवधान आउने देखिएको छ ।
ट्रम्पको नया नीति विरुद्ध अमेरिकाको वाशिंटनलगायतका राज्यका महन्यायधीवक्ताले अदालतमा दायर गरेको रिटमा मेरिल्याण्ड राज्यले पनि साथ दिने जनाएपछि ट्रम्पको नीति फेरी संकटमा पर्ने देखिएको हो ।
मेरिल्याण्ड राज्यका महान्यायधीवक्ता ब्रायन फ्रोसले ट्रम्पको नया नीतिका विरुद्ध आजै अदालतमा रिट दायर गर्ने जनाएका छन् । यसअघि राष्ट्रपति ट्रम्पले गत जनवरी २९ मा मुसलमान बहुल ७ मुलुकहरु सोमालिया, लिबिया, यमन, इरान, सिरिया, सुडान तथा इराकका आप्रवासीलाइ अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको कार्यकारी आदेश सुरुमा वाशिंटनको संघीय अदालत र पछि पुनरावेदन अदालतले खारेज गरिदिएका थिए ।
त्यसपछि ट्रम्पले आगामी बुधबारबाट लागू हुनेगरी इराक बाहेक सुरुमा प्रतिबन्ध लगाएका आप्रवासीलाइ अमेरिका प्रवेशमा कडाइ गर्ने अर्को नीति सार्वजनिक गरेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट