समाचार

ट्रम्पको समर्थन र विरोधमा अमेरिकामा प्रदर्शन

एजेन्सी, २२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन तथा विरोधमा आयोजना गरिएका प्रदर्शन हिंसात्मक भएको छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यको बेर्केली शहरमा ट्रम्पको समर्थनमा आयोजना गरिएको प्रदर्शनमा सहभागी प्रदर्शनकारी तथा ट्रम्पको विपक्षमा उत्रिएका प्रदर्शनकारीबीच झडप भएको हो ।
दुवै पक्षका प्रदर्शनकारीले एक अर्कामाथी लाठी र मरिचको धुलोले आक्रमण गरेको बताइएको छ । झडपका क्रममा तीन प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले झडपमा सहभागी ५ जनालाइ पक्राउ गरेको जनाएको छ ।
ट्रम्पको समर्थनमा अमेरिकाका अन्य केहि राज्यहरुमा आयोजना गरिएको प्रदर्शन भने शान्तिपुर्ण रहेका आयोजकले जनाएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट