समाचार

ट्रम्पको ६ महिने कार्यकालका केही रोचक प्रसंग

अमेरिका, ८ साउन । गत नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी हुँदै डोनाल्ड ट्रम्पले गत जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यकाल सुर गरेका थिए । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बनेको ६ महिना भएको छ । यस अवधिमा ट्रम्पले गरेका केही रोचक प्रसंग यस्ता छन्–
रियालिटी टेलिभिजन शोका सञ्चालक तथा व्यावसायी डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रुपमा आफ्नो कार्यकाल सुरु गरेको ६ महिना भएको छ । यस अवधीमा ट्रम्पबारे रोचक तथ्य सार्वजिनक भएको छ । विभिन्न सञ्चार माध्यमको सर्वेक्षणबाट ट्रम्प ४० प्रतिशत भन्दा कम अमेरिकीहरु माझ लोकप्रिय छन् ।
ब्लुम्बर्गले प्रकाशित गरेको सर्वेक्षणमा ट्रम्प केबल ४० प्रतिशत अमेरिकीमाझ लोकप्रिय छन् भने वाशिंटन पोस्ट र एबीसीका नयाँ सर्वेक्षणमा ट्रम्प ३६ प्रतिशत अमेरिकीमाझ मात्र लोकप्रिय छन् । ट्रम्प पछिल्लो ६० वर्षको अमेरिकी इतिहासमा आफ्नो कार्यकालको पहिलो ६ महिनामा सबैभन्दा कम लोकप्रिय राष्ट्रपति रहेको दाबी गरिएको छ । ट्रम्पले ६ महिनामा एउटा मात्र पत्रकार सम्मेलन गरेका छन् भने ह्वाइट हाउसको दैनिक प्रेस ब्रिफिङमा क्यामेरा प्रयोगमा समेत प्रतिबन्ध लगाइएको छ । ट्रम्प कार्यकालमा अमेरिका दुई अन्तर्राष्ट्रिय सम्झौताबाट बाहिरिएको छ ।
ट्रम्पले सुरुमा प्रशान्त क्षेत्रीय सहकार्य भनिने व्यापार सम्झौता टीपीपीबाट अलग हुने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए भने हालै ट्रम्पले पर्यावरणसम्बन्धी पेरिस सम्झौताबाट पनि बाहिरिने घोषणा गरेका छन् ।
अन्तर्राष्ट्रिय सन्धी सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाको आलोचना हुँदै आएको छ । ट्रम्पको पालामा मेक्सीकोसँगको सीमानामा पर्खाल हालसम्म बनेको छैन । ६ महिनाको अवधीमा रुससँग निकट रहेको आरोपमा ट्रम्प प्रशासनका एकजना राष्ट्रिय सुरक्षा सल्लाहकारले राजीनामा दिनु परेको छ । ट्रम्पको पालामा पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लान, ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसर, एफबीआईको निर्देशक जेम्स कोमी, कार्यवहाक महान्यायाधीवक्ता सली येट्ससहित ७ जना वरिष्ठ अधिकारीले पद त्याग्नु परेको छ ।
ट्विटरमा सक्रिय रहने ट्रम्पले यस अवधीमा ९ सय ९८ ओटा ट्विट गरेका छन् जसमा ८४ ओटा ट्विट मिडियालाई गाली गरेर लेखिएका छन् । ६ महिनामा ट्रम्पले साउदी अरब, इजरायल, इटाली, भेटिकन, बेल्जियम, पोल्याण्ड, जर्मनी र फ्रान्स गरी जम्मा ८ मुलुकको भ्रमणमा गएका छन् । ट्रम्पले हालसम्म ओबामाकेयर खारेज गर्न सकेका छैनन् भने आप्रवासीमाथी लगाइएको प्रतिबन्ध पनि परिमार्जन सहित बल्लतल्ल लागू गराउन सफल भएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट