समाचार

रुसमाथि थप प्रतिवन्ध लगाउने विधेयकमा ट्रम्पले गरे हस्ताक्षर

एजेन्सी, १९ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि नाकाबन्दी लगाउने अमेरिकी संसदको बिधेयकमा हस्ताक्षर गरेका छन् ।
अमेरिकी संसद तथा सिनेटले रुसमाथि नाकाबन्दी लगाउन केही दिन अगाडि पारित गरेको बिधेयकमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि अब कानूनी मान्यता प्राप्त भएको छ ।

 

युक्रेनको क्रिमियालाई रुसले आफ्नो भूमिमा गाभेको तथा गत बर्ष भएको अमेरिकी राष्ट्रपतीय चुनाबमा रुसी हस्तक्षेप गरेको विषयलाई लिएर अमेरिकी संसदले रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अत्याधिक बहुमतले पारित गरेको थियो ।
राष्ट्रपति ट्रम्पले प्रतिबन्ध बिधेयेकमा हस्ताक्षर गरे पनि उक्त निर्णय गैर संवैधानिक भन्दै आलोचना गरेका छन् ।

 

केही हप्ता अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबीच दुई देशको सम्बन्ध सुधार गर्ने प्रतिवद्धता जनाए पनि संसदको नाकाबन्दी पछि अब त्यो प्रयन्त असफल सावित भएको छ ।

 

यसैबीच, अमेरिकाले रुसबिरुद्व ब्यापारिक युद्धको घोेषणा समेत गरेको रुसी प्रधानमन्त्री डिमीर्टि मेभ्डेभले आरोप लगाएका छन् । त्यस्तै, रुसी राष्ट्रपति पुटिनले मस्कोस्थित अमेरिकी कुटनीतिक सम्पत्तीहरु नियन्त्रण गर्ने घोषणा समेत गरेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट