समाचार

ट्रम्पले गरे १० दिनअघि नियुक्त गरेका सञ्चार निर्देशक बर्खास्त

एजेन्सी, १७ साउन । अमेरिकी राष्ट्रपति कार्यालयले १० दिनअघिमात्र नियुक्त सञ्चार निर्देशकलाई बर्खास्त गरेको छ ।

 

नबनियुक्त सञ्चार निर्देशक एन्थोनी स्कारामुचीले पदिय हैसीयतबिपरीत सञ्चारकर्मीहरुसंग राष्ट्रपतिभवनका बरिष्ठ पदाधिकारीहरुको आलोचना गरेको लगायत अनुशासनहिन कार्य गरेकाले बर्खास्ती गरिएको जनाइएको छ ।

 

अमेरिकी राष्ट्रपतिय भवनमा शक्ति संघर्ष तथा अस्थिरता बढीरहेका बेला ट्रम्पले आन्तरीक सुरक्षा मन्त्री तथा पूर्ब जर्नेल जोनकेलीलाई राष्ट्रपति भवनको प्रमुख कर्मचारीमा नियुक्त गरेको केही घण्टामै नया सञ्चार निर्देशक बर्खास्तीमा परेका हुन । केहीदिनअघि मात्र राष्ट्रपति भवनका प्रमुख कर्मचारी रायन प्रिबसले राजीनामा दिएका थिए ।

 

त्यसअघि राष्ट्रपतिका प्रबक्ता सन स्पाइसरले पनि राजीनामा दिएका थिए । ट्रम्पले नियुक्त गरेका राष्ट्रिय सुरक्षा सल्लाहकारले बिबादका कारण १ महिना नबित्दै राजीनामा दिएका थिए। त्यस्तै केहीसमयअघिमात्र राष्ट्रपति ट्रम्पले नियुक्त गरेका कानुन व्यबसायीहरु प्नि बर्खास्तीमा परेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट