समाचार

ट्रम्पले मर्केलसँग हात मिलाएनन्

एजेन्सी, ५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मन चान्सलर एन्गेला मर्केलसग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् ।
अमेरिका भ्रमणका क्रममा रहेकी जर्मन चान्सलर मर्केल र ट्रम्पबीच अफ्ठेरो वातावरणमा भेटवार्ता भएको थियो ।

ट्रम्पले जर्मन चान्सलरसग हात मिलाउन अस्वीकार गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । भेटवार्ता पछिको पत्रकार सम्मेलनका त्रममा ट्रम्पले पुर्व राष्ट्रपति बाराक ओबामाले आफ्नो सहित मर्केलको पनि फोन सुनेको आरोप लगाएका थिए ।

ट्रम्पले आफू उत्तर एटलान्टिक सन्धी संगठन नेटोमा अमेरिकाको भूमीका महत्वपुर्ण हुनुपर्ने पक्षमा रहेको प्रतिबद्धा जनाएका थिए । तर, नेटोका अरु मुलुकले पनि नेटोको रक्षा खर्चमा योगदान दिनुपर्ने ट्रम्पको भनाइ थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट