समाचार

ट्रम्प टावरमा आगोलागी एक जनाको मृत्यु , ६ जना अग्नि नियन्त्रक घाइते

न्यूयोर्क, २५ चैत । अमेरिकाको न्यूयोर्क स्थित राष्ट्रपति डोनाल्ड ट्रम्पको नीजि कार्यालय रहेको नीजि भवन ट्रम्प टावरमा आगो लाग्दा एक जनाको ज्यान गएको छ ।

५८ तले ट्रम्प टावरको ५० औं तलामा आगो लागेको हो । राष्ट्रपति ट्रम्पको व्यापार व्यावसाय सम्बन्धी कार्यालय रहेको सो टावरमा उनको परिवार बस्ने गरेको छ । राष्ट्रपति ट्रम्पको परिवार बस्ने ५० औं तलामा आगो लागेको हो । आगलागी भएको समय राष्ट्रपति ट्रम्प सहित उनको परिवारका सदश्य वासिङ्टनमा रहेको जनाइको छ । आगलागीमा परि सोही तलामा बस्ने ६७ बर्षीय एक व्याक्तिको निसासिएर ज्यान गएको हो ।

आगलागी नियन्त्रणका क्रममा ६ जना अग्नि नियन्त्रक घाइते भएका छन् । करिब दुइ सय अग्निनियन्त्रकले तत्काल आगो नियन्त्रणमा लिएको राष्ट्रपति ट्रम्पले ट्वीट गरेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट