समाचार

ट्रम्प र पुटिनबीच भेटवार्ता

एजेन्सी, २५ कार्तिक । भियतनाममा भएको एसिया प्रशान्त क्षेत्रीय आर्थिक सहकार्य सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

भीयतनामको डा नाङ शहरमा आयोजित सम्मेलनमा राष्ट्रपति ट्रम्प र पुटिनबीच भएको भेटबार्तामा सिरियाली संकट समाधानमा साझा कदम चाल्ने सहमति गरेका छन् ।

ट्रम्प र पुटिनले सिरियामा सक्रिय आतङकबादी समुह इस्लामिक स्टेट बिरुद्ध संयुत्त रुपमा समाधान खोज्ने सहमति गरेको रुसी राष्ट्रपतिय कार्यलय क्रेम्लीनले जनाएको हो । यता ह्वाइट हाउसले भने क्रेम्लीनको विज्ञप्तीबारे कुनै प्रतिक्रीया जनाएको छैन ।

६ बर्ष लामो सिरियाली गृहयुद्धयता अमेरिका सिरियालीशत्ता विपक्ष उभिएको छ भने बिपक्षीतर्फ रुस  सिरियाली सरकारको मुख्य साझेदार रहदै आएको छ । गत बर्षको अमेरिकी राष्ट्रपतिय चुनाबमा राष्ट्रपति ट्रम्पले रुससँग कुटनीतिक साँठगाँठ गरेको आरोपको दुवै राष्ट्र प्रमुखले अस्वीकार गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपतिय चुनावमा रुसी हस्तक्षेप रहेको आरोपका कारण विवादास्पद बनेका ट्रम्प र पुटिनको यो दोस्रो भेट भएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट