समाचार

डा. केसीका माग तत्काल पुरा गर्न संसदको सरकारलाई निर्देशन

काठमाडौ, २६ साउन । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले वरिष्ठ चिकित्सक गोविन्द केसीको जायज माग अविलम्ब पूरा गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको विहिबार बसेको बैठकले वरिष्ठ चिकित्सक केसीको आमरण अनसन तत्काल तोडाउन पनि सरकारलाई सचेत गराएको छ । चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै वरिष्ठ चिकित्सक केसीले आमरण अनसन थाल्नु भएको १९ दिन पुगेको छ ।

 
चिकित्सक केसीको जीवन रक्षाका लागि समेत सरकारलाई सचेत गराउनु परेको
समितिका सभापति सुशीलकुमार श्रष्ठले जानकारी दिनु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट