समाचार

डा. केसीसँग वार्ता गर्न उच्चस्तरिय समिति बनाउने सरकारको निर्णय

काठमाडौ, १२ साउन । सरकारले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न उच्चस्तरीय वार्ता टोली बनाएको छ ।

विहिबार बसेको मन्त्रीपरिषद बैठकले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न शिक्षा सचिव नेतृत्वको वार्ता टोली गठन गरेको हो । अव फेरी वरिष्ठ चिकित्सक केसीले आमरण अनसन बस्न नपर्ने गरी समस्या समाधान गर्न शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव र स्वास्थ्य सचिव सदस्य रहेको उच्चस्तरीय वार्ता टोली बनाइएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।

एकीकृत चिकित्सा ऐन पारित गर्नुपर्र्ने लगायतका ७ बुँदे माग राख्दै वरिष्ठ चिकित्सक केसी ११ औं पटक पुनः आमरण अनसनमा बस्नु भएको छ ।

सरकारले ३ लाख ९१ हजार ८ सय ३१ घर परिवारलाई गरिव पहिचान गरी परिचय–पत्र वितरण गर्ने निर्णय पनि गरेको छ ।

२५ जिल्लाका १२ लाख २४ हजार ४ सय गरिव घर परिवार भएको दावी आएकोमा मन्त्रीपरिषद बैठकले ३ लाख ९१ हजार ८ सय ३१ घर परिवार स्वकृति गरी परिचय पत्र वितरण गर्ने निर्णय गरेको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट