समाचार

डा. गाेविन्द केसीले दिए वयान

काठमाडौं, २५ पुस ।  त्रिवि शिक्षण अस्पतालका डाक्टर गाेविन्द केसीले सर्वाेच्च अदालतमा बयान दिएका छन् ।

अदालतकाे अवहेलना गरेकाे अभियाेगमा साेमबार अनसनस्थलबाटै पक्राउ परेर आज सर्वोच्च अदालतमा  हाजिर गराइएका डाक्टर गोविन्द केसीले बयानका क्रममा उनले  अदालतको नभई  न्यायाधीश गोपाल पराजुलीको भ्रष्ट प्रवृतिकोमात्रै विरोध गरेको बताएका छन् ।  दिउँसो २ बजेपछि अवहेलनासम्बन्धी मुद्दामा उनको बयान सुरु भएको थियो ।

उनले  पराजुलीले दुईवटा नागरिकता राखेको, उमेर सच्याएर जागिर खाएको, पदीय मर्यादा नाघेको आरोप लगाएका छन् ।

बयानपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा अवहेलना मुद्दामा बहस जारी छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट