समाचार

डिभि कार्यक्रम बन्द गर्ने विधेयक अमेरिकी संसदमा, ट्रम्पले समर्थन गरे

एजेन्सी, २१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाइभर्सिटी भिसा अर्थात् डीभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयकलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

वरिष्ठ सल्लाहकार स्टफेन मिलरले सञ्चारकर्मीसग बोल्दै राष्ट्रपति ट्रम्प डाइभर्सिटी भिसा कार्यक्रम बन्द गर्ने पक्षमा रहेको जनाएका हुन् । रिपब्लिकन पार्टीका दुई सिनेटरहरु टम कटन तथा डेभिड पेर्डुले संयुक्त रुपमा तयार पारेको रेइज नामक विधेयकमा कानूनी प्रकृया पूरा गरी वैध रुपमा अमेरिका आउने आप्रवासीको सङ्ख्या आधाले घटाउने उल्लेख छ ।

सो विधेयक अनुसार अमेरिकी ग्रीनकार्ड पाउन चाहनेले निश्चित मापदण्ड पुरा गर्नपर्नेछ । यसका लागि आप्रवासीले अङ्ग्रेजी राम्रोस“ग बोल्न जानेको हुनपर्ने, पढाइको स्तर राम्रो हुनुपर्ने, आफ्नो परिवार धान्नसक्ने तलब हुनुपर्ने तथा स्वास्थ्य सेवा धान्न सक्ने हुनुपर्नेछ ।

नोबेल पुरस्कार तथा ओलम्पिकमा पदक जितेकालाई थप ग्राह्यता दिइने जनाइएको छ । अदक्ष आप्रवासीहरुले सस्तो ज्यालामा काम गर्ने र त्यसले अमेरिकीको ज्याला तथा कामको स्तरमा असर परेको भन्दै पछिल्लो विधेयक ल्याइएको दाबी गरिएको छ । यस विधेयकलाई आप्रवासन नीति सुधारका लागि ल्याइएको अमेरिकाकै उत्कृष्ट आप्रवासन योजना रहेको बताइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट