समाचार

डिभी खुल्याे, कसरी भर्ने हे्र्नुस् तरिका

काठमाडौं, १७ असोज । सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) आजबाट खुलेको छ । नेपालस्थित अमेरिकी दुतावासले दिएको जानकारी अनुसार अवधि अक्टोबर ३, २०१७ (२०७४ असोज १७) मा (नेपालमा स्थानीय समयअनुसार रातको ९:४५ बजे) बाट डिभी सुरु हुने गरी खुल्नेछ । नोभेम्बर ७, २०१७ (२०७४ कार्तिक २१) बन्द हुनेछ ।

डिभीको लागि आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दुतावासले जानकारी गराएको छ । त्यस्तै आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन दूतावासले सल्लाह दिएको छ ।

डिभी भर्ने तरिका :
www.dvlottery.state.gov मा गई ई-डिभीको आवेदन फारम भर्नु पर्नेछ । अवेदनमा आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ ।
लाई सूचीकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।

फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । सबै विवरणसहित फर्म भरेर सबमीट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितके पत्र प्रिन्ट गर्नुपर्छ जसको आधारमा डिभी परेनपरेको थाहा पाउने माध्यम हो ।

डि.भी. का लागि छनोटमा परेनपरेके थाहा पाउनको लागि कुनै फोन र इमेल नअाउने र त्यस्ता हल्लाका पछाडि नलाग्न दुतावासले सचेत गराएकाे छ। रिजल्ट थाहा पाउनको लागि मे १,२०१८ (२०७५ वैशाख १८) वा त्यसपछि www.dvlottery.state.govमा गई आफ्नो कन्फर्मेसन नम्बर राख्नुपर्छ ।
डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारीका लागि www.dvlottery.state.gov  मा जान दुतावासले आग्रह गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. Damodar Acharya says:

    VEERY GOOD

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट