समाचार

तनहुँमा चुनावी तयारी पुरा

तनहुँ, २८ बैशाख । तनहुँमा आगामी आइतबार हुने स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनका लागि मतदान अधिकृत सहितको टोली आ–आफ्नो मतदान केन्द्रमा खटिएका छन् ।

मतदान अधिकृत तथा कर्मचारीहरु मतदाता शिक्षा दिने र परिचयपत्र समेत वितरण गर्ने जिम्मेवारीका साथ आ–आफ्नो मतदान केन्द्र तर्फ गएका छन् । २५३ मतदान केन्द्र कयाम गरिएको तनहुँमा सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि शाखा अधिकृतको नेतृत्वमा करिब १५ सय कर्मचारी खटाइएको छ ।

खटिएका कर्मचारीहरुले मतदान केन्द्रको आवश्यक तयारीका साथै मतदातालाई परिचयपत्र वितरण कार्य सुरु गरेको बताइएको छ । जिल्लाको व्यास, भानु, भिमाद र शुक्लागण्डकी नगरपालिका तथा देवघाट, घिरिङ, आँबुखैरेनी, बन्दिपुर, म्याग्दे, रिसिङ गाउँपालिका गरी १० वटा स्थानीय तहमा निर्वाचन अधिकृत, मतदान अधिकृत सहित कर्मचारीहरु खटिएका छन् ।

निर्वाचनका लागि १३६ वटा मतदान स्थलमा सुरक्षाका दृष्टीकाणले ३ वटा अति संवेदनशिल, ३६ वटा संवेदनशिल र ९७ वटा केन्द्रलाई सामान्य केन्द्रका रुपमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलले जानकारी गराउनु भएको छ । तनहुँमा १ लाख ९४ हजार ४ सय ७१ मतदाता छन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट