समाचार

तलब पाउनु पर्ने माग राख्दै रौतहतका शिक्षकहरुबाट बिद्यालय बन्द

रत्न,अधिकारी÷रौतहट,२८ कात्तिक ।  तलब पाउनु पर्ने माग राख्दै रौतहतका शिक्षकहरुले आज देखि अनिश्चितकालिन बिद्यालय बन्द गरेर आन्दोलनमा उत्रेका छन ।
गत साउन महिना देखिको तलब र दशैं पेश्की रकम नपाएको भन्दै रौतहटका सबै सामुदायिक बिद्यालयका शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । रौतहटको यमुनामाई गाउपालिका र राजदेबी नगरपालिका भित्रका सामुदायिक बिद्यालयका शिक्षकहरुले प्रथम चौमासिक तलब अन्र्तगत गत स्राबण महिना देखिको तलब र दशैं पेश्कि रकम नपाएको भन्दै हिजो जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने क्रममा प्रहरी धरपकड भएको थियो ।

धर्नाका क्रममा प्रहरीले दमन गरेको भन्दै उनीहरुले बिद्यालय बन्द गरेर आज जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका हुन । दमन गर्ने दोषी प्रहरी माथि कारबाही गर्नुपर्ने शिक्षकहरुले माग राखेका छन । नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष राममङ्गल यादबले दोषि प्रहरीलाई कारवाही र शिक्षकको तलब निकासा नहुन्जेल बिद्यालय बन्द गर्ने निर्णय गरिएको बताउनु भयो ।

ती दुबै स्थानीय तहका बिद्यालयमा अध्यापन गर्ने ३ सय ५० जना शिक्षक शिक्षिकाले तलब पाएका छैनन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट