समाचार

ताप्लेजुङ्ग पुगेर प्रधानमन्त्री देउवाले भने– कम्युनिष्ट शाशन अाए बाेल्न पनि पाइन्न

ताप्लेजुङ्ग, २५ कार्तिक । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रजातन्त्रलाई कमजोर पार्न बामगठबन्धन गरिएको भन्दै सचेत हुन सर्वसाधरणलाई आव्हान गर्नुभएको छ ।

नेपाली कांग्रेसको पहिलो चुनावी सभालाई ताप्लेजुङ्गमा सनिबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई कमजोर पार्ने षडयन्त्र अनुरुप वामगठबन्धन गरिएको दाबी गर्नुभएको हो ।

बामगठबन्धनको रुपमा देखिएको कम्युनिष्ट गठबन्धन प्रजातन्त्र, लोकतन्त्र र समग्ररुपमा राष्ट्रहित विपरित भएको भन्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको पक्षमा उभिन मतदातालाई आव्हान गर्नुभयो ।

नेपाली कांग्रेसले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सनिबार देखि ताप्लेजुङबाट चुनावी सभा सुरु गरेको हो । ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका केशव दाहालसंग बामगठबन्धनका तर्फबाट एमालेका पार्टी सचिव योगेश भट्टराई प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट