समाचार

तालेबानले गरेको आत्मघाती बम आक्रमणमा ४३ सैनिकको मृत्यु

एजेन्सी,३ कात्तिक । दक्षिणी अफगानिस्तामा तालेबानले गरेको आत्मघाती बम आक्रमणमा ४३ सैनिकको ज्यान गएको छ ।

कान्दहर प्रान्तको मैवान्द जिल्लामा रहेको सैन्य शिविरमा तालिवान लडाकुले गराएको दुइ आत्मघाती कार बम आक्रमणमा अन्य २४ जना सैनिक घाइते भएका छन् । आत्मघाती बम बिष्फोट गराएपछि लडाकु र सेनाबीच घन्टौंसम्म भीडन्त भएको थियो ।
आक्रमणका क्रममा अफगानिस्तानमा रहेका विदेशी सेनाले अफगान सेनालाई सहयोग गर्न गराएको हवाई आक्रमणमा १० तालेबान लडाकु समेत मारिएको जनाइएको छ ।
तालेबानका प्रवक्ता करी युसुफ अहमदीले विज्ञप्ती जारी गर्दै आक्रमणको जिम्मा लिएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट