समाचार

तिहारको टिका लगाएपछि ओलीले भने– सरकारले तोकिएकै मितिमा चुनाव गराओस्

काठमाडौ। ४ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन अभियान सफल पार्न सबैमा आह्वान गर्नु भएको छ ।

अध्यक्ष ओलीले निर्वाचनमा कहीकतैबाट पनि व्यवधान आउन नदिन सचेत हुनुपर्नेमा पनि जोड दिनु भयो ।

शनिवार आफ्नै निवास बालकोटमा बहिनीहरु कौशल्या कोइराला र विष्णुमाया ढकाल तथा भान्जीहरु देवका शिवाकोटी र इन्दिरा शिवाकोटीको हातबाट भाईटीका ग्रहण गरेपछि संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सफल पार्न सबैमा आह्वान गर्नु भएको हो ।

अध्यक्ष ओलीले निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुपर्ने दायित्व पूरा गर्न सरकारको पनि ध्यानाकर्षण गराउनु भयो ।

अध्यक्ष ओलीले त्यसमा अवसरमा तिहार, तथा छठ पर्वको पनि शुभकामना दिनु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट