समाचार

तीन सय १८ तहको मतगणना सकियो, एमाले पहिलो, काँग्रेस दोस्रो

काठमाडौ, २२ असार । दोस्रो चरणमा असार १४ गते निर्वाचन सम्पन्न भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३१८ स्थानको मतगणना सकिएको छ ।

मतपरिणाम अनुसार नेकपा एमाले १४२ स्थानीय तहमा विजयी भएको छ । दोस्रो स्थानमा सत्तारूढ दल नेपाली कांग्रेस ११७ स्थानमा विजयी भएको छ । तेस्रो स्थानमा रहेको माओवादीले ३७ स्थानमा जित हासिल गरेको छ । संघीय समाजवादी फोरम ७ र फोरम लोकतान्त्रिक ६ स्थानमा विजयी भएको छ ।

एक उपमहानगरसहित राप्रपाले ४ स्थानमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले २ र स्वतन्त्रले तीन स्थानमा जित हासिल गरेका छन् । जारी मतगणनामा अहिले नेकपा एमालेले दुई उपमहानगर, ६ नगरमा अग्रता लिएको छ । यस्तै कांग्रेसले विराटनगर महानगर, धनगढी उपमहानगर र अन्य तीन नगर र एक गाउँपालिकामा अग्रता बनाएको छ ।

हाल ७ जिल्लाका १८ स्थानीय तहको मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ ।
अब ७ जिल्लामा मात्र मतगणनाको परिणाम आउन बांकी छ । मत गणना जारी रहेका ७ जिल्लामा प्रदेश नम्बर १ मा उदयपुर, झापा, मोरङ, सुनसरी, प्रदेश नम्बर ५ मा कपिलवस्तु र प्रदेश नम्बर ७ मा कञ्चनपुर तथा कैलाली छन । मतगणना कार्य सम्पन्न भएका जिल्लामा प्रदेश नम्बर १ मा इलाम, ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बु छन् ।

यसैगरी, प्रदेश नम्बर ५ मा अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी, पाल्पा, दाङ, प्यूठान, बर्दिया, बाँके, रोल्पा, रुकुम छन् भने प्रदेश नम्बर ७ मा अछाम, डडेलधुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भइसकेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट