समाचार

तीन सय ३१ तहको मतपरिणाम आयो, ३ वटा तहको आउन बाँकी

काठमाडौ, २५ असार । दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनको हालसम्म ३३१ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दिएको जानकारीअनुसार ३१ जिल्लाका सबै स्थानीय तहको मतगणनाको काम सकिएको र अहिले चार जिल्लाका ३ स्थानीय तहमा मतगणना जारी छ ।

पछिल्लो मतपरिणामअनुसार नेकपा एमाले १ सय ४८, नेपाली काँग्रेस १ सय २१, नेकपा माओवादी केन्द्र ३८, संघीय समाजवादी फोरम ८, नेपाल लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका ४ र राष्ट्रिय जनमोर्चाका दुईजना उम्मेदवार प्रमुख वा अध्यक्ष पदमा विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार तीनजना स्वतन्त्र उम्मेदवार पनि प्रमुख र अध्यक्ष पदमा विजयी भएका छन् । आयोगका अनुसार झापाको अर्जुनधारा नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको धरान उपमहानगरपालिका र पुनर्वास नगरपालिकामा मतगणना भइरहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट