समाचार

थाइल्याण्डमा ४ जनाको हत्या

एजेन्सी, १९ फागुन । थाइल्याण्डमा बन्दुकधारीले एक बालिका सहित ४ जनाको हत्या गरेका छन् ।
दक्षिण थाइल्याण्डको नराथिवात प्रँन्तको रुएसो गाउ“मा भएको घटनामा अन्य दुईजना बालबालिका घाइते भएका छन् । मालवाहक ट्रकमा बन्दुकधारीले जथाभावी गोलीप्रहार गरेको बताइएको छ ।
थाइल्याण्डको सैनिक सरकारले आक्रमणको निन्दा गरेको छ । दक्षिणी थाइल्याण्डका याला, पत्तानी र नराथिवात प्रँन्तमा मुस्लिम पृथकतावादी सक्रिय रहेका छन् । दक्षिणी थाइल्यण्डमा सन् २००४ मा हिंशा चर्किए यता ६ हजार ५ सय बढीको ज्यान गइसकेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट