समाचार

थाइल्याण्ड जानुअघि केपी ओलीको आरोप– पार्टी एकता भाँड्न विभिन्न शक्ति लागे

काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता भाड्न केही शक्तिहरु लागेको आरोप लगाउनुभएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको बैंकक जानुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता भाड्ने प्रयास गरेको भन्दै ओलीले त्यो सफल नहुने बताउनुभयो । उहाँले आफु फर्किएर आएपछि पार्टी एकताका आवश्यक काम अघि बढ्ने र एकता प्रक्रियाले गति लिने बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले काँग्रेसले सरकार हस्तान्तरणमा किचलो निकालेको भन्दै तत्काल प्रदेश प्रमुख र प्रदेशको राजधानी तोकेर सरकार गठनको मार्गप्रशस्त गर्न आग्रह समेत गर्नुभयो ।

अध्यक्ष ओली नियमित स्वास्थ्य जाँच गर्न एक साताका लागि थाइल्याण्डको बैंकक जानुभएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट