समाचार

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन उत्तर कोरियाको भ्रमण गर्न तयार

एजेन्सी, २७ बैशाख । नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले छिमेकी मुलुक उत्तर कोरियाको भ्रमण गर्न तयार रहेको बताएका छन् ।

आफ्नो सपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपति मुनले उचित वातावरणमा उत्तर कोरियाको भ्रमण गर्न पनि तयार रहेको बताएका हुन् ।
उदारवादी छवि भएका मुन जाए इनले कोरियाली प्रायद्विपमा तनाव कम गर्न सक्दो प्रयास गर्ने समेत बताए । इनले कोरियाली प्रयद्विपमा जारी तनावका विषयमा अमेरिका र चीनसग वार्ता अघि बढाउने समेत बताए ।

हिजो सम्पन्न चुनावमा ४१ दशमलब शुन्य आठ प्रतिशत मत ल्याएर दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित इनले भ्रष्टाचार प्रकरणबाट गुज्रिरहेको मुलुकलाई एकताबद्ध बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

सन् १९५३ मा उत्तर कोरियाली बाबुआमाबाट जन्मेका इन उत्तरमाथी दवाब तथा नाकाबन्दीसगै वार्ताको माध्यमबाट कोरियाली प्रायद्विपको समस्या समाधान गर्नुपर्नेमा जोड दिदै आएका छन् ।

भ्रष्टाचार प्रकरणमा त्यहाको संसद्ले पुर्व राष्ट्रपति पार्क गुन हेमाथी लगाएको महाअभियोग संवैधानिक अदालतले सदर गरेपछि नया राष्ट्रपति चुन्नका लागि निर्वाचन भएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट