समाचार

दक्षिण कोरियाको एक भवनमा आगलागी हु“दा २९ जनाको मृत्यु

दक्षिण कोरिया, ७ पुस । दक्षिण कोरियाको चुङ्चेओङ प्रान्तको जेचोन शहरस्थित एक भवनमा आगलागी हु“दा २९ जनाको ज्यान गएको छ ।

जेचोन शहरस्थित ८ तले भवनमा आगलागी हु“दा २९ जनाको ज्यान गएको हो । भवनको माथिल्लो तलामा रेस्टुरेन्ट तथा जिम हल रहेको जनाइएको छ । ज्यान गुमाउनेमध्ये २३ जना महिला तथा बा“की ६ जना पुरुष रहेको पहिचान भएको छ । आगलागीमा अन्य २९ जना घाइतेहरुको उद्धार गरिएको छ ।

भवनको सवारी पार्किङस्थलबाट आगो फैलिएको हुन सक्ने प्रहरिले जनाएको छ । आगलागीको समय भवनमा कति मानिस थिए भन्ने बारे पुष्टि भएको छैन । केही मानिसले भने भागेर ज्यान जोगाएका थिए ।

आगलागी ९ बर्ष याताकै भीषण रहेको दक्षिण कोरियाली राष्ट्रिय आगलागी ब्यावस्थापन निकायले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट