समाचार

दक्षिण कोरियाको संसदबाट उत्तर कोरियालाई ट्रम्पको चेतावनी

एजेन्सी, २२ कार्तिक । एशिया भ्रणमका क्रममा दक्षिण कोरिया पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली क्षेप्यास्त्र तथा आणविक कार्यक्रमको सबैभन्दा ठूलो खतरा उत्तर कोरियालाई नै रहेको चेतावनी दिएका छन् ।

दक्षिण कोरियाको संसद्मा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले आफूहरुलाई कमजोर सोचेर नजिस्क्याउन उत्तर कोरियालाई चेतावनी समेत दिए ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जङ उनले आणविक हतियारको भरमा आफ्नो सत्ता जोगाउने गल्ति गरिरहेको समेत बताए । ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रमबाट किम जङ उनको सत्ता सुरक्षित हुनुको साटो झनै खतरामा पर्ने चेतावनी दिए ।

सम्बोधनका क्रममा ट्रम्पले उत्तर कोरियालाई एक्ल्याउन विश्वका सबै मुलुकहरुलाई आह्वान समेत गरे । ट्रम्प दक्षिण कोरियाको भ्रमण गरी चीन पुगेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट