समाचार

दक्षिण कोरियालमा इन्धन भर्ने ट्याङ्कर र माछा मार्ने डुङ्गा ठोक्किंदा १३ जनाको मृत्यु

दक्षिण कोरियाल, १८ मँसिर । दक्षिण कोरियालको इन्चेन समुद्री बाटोमा इन्धन भर्ने ट्याङ्कर र माछा मार्ने डुङ्गा एक आपसमा ठोक्किंदा १३ जनाको ज्यान गएको छ ।

राजधानी सिओलबाट पश्चिीमतर्फ इन्चेन समुन्द्री बाटोमा सवार इन्धन भर्ने ट्याङ्कर र सिओन्चाङ डुङ्गा दुर्घटना भएको हो । डुङ्गामा २ चालक तथा अन्य २० जना यात्रु सवार थिए । उद्धार गरिएका ७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अन्य दुइजना बेपत्ताको खोजीकार्यमा नौसैन्य बिमान तथा तटीय सुरक्षाकर्मी खटिएका छन् ।

ज्यान गुमाउने तथा घाइते सबै डुङ्गामा सवार यात्रुहरु रहेका छन् । समुद्री बाटो सा“गुरो भएकाले दुर्घटना भएको हुन सक्ने तटीय सुरक्षाकर्मीको अनुमान छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट