समाचार

दलितमाथि दमन, प्रदर्शनका क्रममा ७ जनाको मृत्यु

भारत, २० चैत । भारतमा दलित समुदायले गरेका विरोध प्रदर्शन हिंसात्मक बन्दा ७ जनाको मृत्यु भएको छ ।

दलित तथा जनजाति समुदायविरूद्ध हुने ज्यादतीका घटनाहरूमा पक्राउ गर्दा थप जाँच गरिनपर्ने गरी सर्वोच्च अदालतले आदेश दिएलगत्तै दलीत समुदायहरुले भारतका बिभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् ।

अदालतको सो आदेशले दलीतहरुमाथिको आक्रमणमा वृद्धि हुने भन्दै दलित समुदायले भारतका मध्य प्रदेश, उत्तर प्रदेश, हरियाणा, झारखण्ड लगायतका राज्यमा प्रदर्शन गर्दा प्रहरीसँगको झडपमा ७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

सर्वोच्च अदालतले सूचीकृत वर्ग वा सूचीकृत जातिका विरुद्ध हुने ज्यादती रोकथामसम्बन्धी ऐनमा तत्काल गिरÏतार गरिन नहुने भनेको थियो । सो निर्णयबाट क्रुद्ध दलित संगठनहरूले सोमवार भारत बन्दको आह्वान समेत गरेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट