समाचार

दशैंको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजाआजा गरिंदै

काठमाडौ, ९ असोज । हिन्दु नेपालीहरुको महान चाड दशैँको पाँचौं दिन आज दुर्गा भवानीका ९ रुपहरु मध्येको पाचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिंदैछ ।

घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ । यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठांै दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने चलन छ ।

दशैँको पाँचौं दिन आज पनि देशभरिका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा बिहानैबाट भक्तजनहरुको भीड लागेको छ । राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लागेको छ ।

त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थीको भिड लागेको छ । उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा र गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा पनि भक्तजनहरुको भिड लागेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट