समाचार

दीपक मनाङ्गे डिल्लीबजारको कारागार चलान

काठमाडौ, ७ बैशाख । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङ्गेलाई डिल्लीबजारस्थित कारागार चलान गरिएको छ ।

काठमाडौं जिल्ला अदालतमा उपस्थिति गराएपछि अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । २०६१ वैशाखमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरेपछि ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत र सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाए पछि फरार रहेका मनाङेलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।

मनाङे मङ्सिर १० मा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मनाङ क्षेत्र नं १ प्रदेश (ख) बाट स्वतन्त्र निर्वाचित सांसद भएका थिए । उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गरी पक्राउ गर्न पत्राचार समेत गरिएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

5 comments

  1. Iomoio says:

    Only wanna state that this is very helpful, Thanks for taking your time to write this.

    http://www.iomoio.net

  2. emp3z says:

    Thank you for any other informative blog. The place else may I get that type of info written in such a perfect method? I’ve a undertaking that I’m just now operating on, and I have been on the look out for such info.

    http://www.emp3z.co.uk

  3. best board games for kids says:

    Rattling informative and excellent complex body part of subject material, now that’s user pleasant (:.

    http://www.strategyboardgames.co.uk/clans-caledonia-review/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट