समाचार

दुई नम्बर प्रदेशको चुनाव सर्यो, अर्को मिति भने टुङ्गो लागेन

काठमाडौ, १ असार । सत्तारुढ दल र राजपा नेपालबीच दुई नम्बर प्रदेशको चुनाव सार्ने सहमति भएको छ ।

सिंहदरबारमा बसेको बैठकले असार १४ गते लागि तोकिएको स्थानीय तहको दोस्रो चरणअन्तर्गत हुने चुनाव प्रदेश नम्बर २ मा अर्को मितिमा गर्ने सहमति भएको हो । सहमतिअनुसार प्रदेश नम्बर १, ५ र ७ मा भने असार १४ गते नै चुनाव हुनेछ । राजपालाई चुनावमा ल्याउन चुनाव सार्नुपरेको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठकले दुई नम्बर बाहेकका अन्य प्रदेशको चुनावका लागि मनोनयन दर्ताको समय पनि केही दिन पर सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने सहमति भएको छ । निर्वाचन आयोगले प्रदेश नम्बर २ को चुनावका लागि शुक्रबार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका बनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट