समाचार

दुई नम्बर प्रदेशमा असोज २ गते चुनाव, निर्वाचन आयोगको असहमति

काठमाडौ, १ असार । सरकारले २ नम्बर प्रदेशमा आगामी असोज २ गते चुनाव गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले असार १४ गतेका लागि तोकिएको तर स्थगित गरिएको प्रदेश नम्बर २ को चुनाव असोज २ गते गर्ने निर्णय गरेको हो ।

चुनावको मिति तोक्नुपूर्व सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेको थियो ।

राजपासँग सहमति गरेर चुनाव स्थगित गरेको सरकारले असोज २ गते चुनाव गर्ने विषयमा आयोगको सहमति मागेपनि निर्वाचन आयोगले भने असहमति जनाएको छ ।

प्रमुख निर्वाचन आयाुक्त डाक्टर अयोधिप्रसाद यादवले अन्य प्रदेशको चुनाव गर्न आयोग तयार रहेपनि असोजमा चुनाव गर्ने सरकारी निर्णयमा आयोग सहमत नभएको बताउनुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट