समाचार

देउवाले भने–अधिनायकवाद शुरु भयो

चितवन । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार अधिनायकबाद तर्फ अघि बढेको आरोप लगाउनुभएको छ । आज भरतपुर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै देउवाले सरकारको काम कारवाहीले देश अधिनायकबाद तर्फ अघि बढेको अनुभुति भएको वताउनुभएको हो ।

उहाँले सरकारले जनताको काम गर्न नसकेको र एकलौटी गर्न खोजेको दाबी गर्नुभयो । सभापति देउवाले सरकारले प्रमुख प्रतिपक्षी दलसंग कुनै सरसल्लाह नगरी एकलौटी काम गरिरहेको बताउनुभयो ।

काँग्रेसलाई बेवास्था गर्दै अघि बढे प्रजातान्त्रिक मुल्य मान्यता अनुसार कम्युनिष्ट विरुद्ध लडाइ लड्ने देउवाले चेतावनी दिनुभयो । पछिल्लो एक दशकको तीन चौथाई समय सरकारमा बसेका कम्युनिस्टहरु नै मुलुकको वेथितिमा मुख्य जिम्मेवार रहेको उहाँको दावी छ ।

अर्को प्रसंगमा देउवाले दुई कम्युनिष्ट पार्टी मिलेका कारण काँग्रेसले पराजय व्यहोरेको बताउनुभयो । काँग्रेस अब देशव्यापी रुपमा पार्टी संगठन सुदृढिकरण अभियानमा लाग्ने उहाँले वताउनुभयो । हेटौडामा आयोजित विभिन्न कार्यक्रममा सहभागि हुन देउवा चितवन आउनुभएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट