समाचार

देउवा सरकारकाे नयाँ रेकर्ड, दुई मन्त्री थपिए

काठमाडाै, २ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदमा दुई सदस्य थपेका छन् । प्रधामन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले सिफारिस गरेका विराज विष्ट र कमला शर्मालाई सोमबार राज्यमन्त्रीमा सपथ गराएका हुन् ।

विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्माले सपथ लिएका हुन् ।

यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी लिएका थिए । शर्मा पहिलोपटक राज्यमन्त्री भएकी हुन् ।

यो सँगै देउवा सरकारको मन्त्रिमण्डल ५६ सदस्यीय बनेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट