समाचार

देउवा सहभागी भएको कार्यक्रममा बम हमला, ८ जना घाइते

दाङ, १२ मंसीर । दाङको तुलसीपुरमा सुतली बम बिष्फोट हुँदा म्यादी प्रहरीसहित कम्तीमा ८ जना घाईते भएका छन् ।

तुलसीपुर बोर्डिङ चोक नजिकै भएको बम विष्फोटमा तुलसीपुर १२ का २३ बर्षिय म्यादी प्रहरी बिनोद चौधरी सहित ४ महिला र ४ पुरुष घाईते भएका छन् ।

घाईते ३ जनालाई नेपालगञ्ज रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । अन्य घाईतेहरुको राप्ती अञ्चलय अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।

नेपाली काग्रेस दाङले तुलसीपुरमा आयोजना गरेको बृहत्त चुनावी सभाको कार्यक्रम सञ्चालन भई रहदा बम बिष्फोट भएको थियो । बम करिव २ सय मिटर टाढा बिष्फोट भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट